अभिनेता सुशान्त मृत्यु प्रकरण : सीबीआईले चाँडै अन्तिम प्रतिवेदन पेश गर्ने-Sutra News

अभिनेता सुशान्त मृत्यु प्रकरण : सीबीआईले चाँडै अन्तिम प्रतिवेदन पेश गर्ने

मंगलबार, ३० भाद्र २०७७

मंगलबार, ३० भाद्र २०७७

एजेन्सी- भारतीय अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु भएको तीन महिना बितिसक्दा पनि उनको मृत्यु हत्या थियो वा आत्महत्या अहिलेसम्म पत्ता लाग्न सकेको छैन।



यस घटनाको अनुसन्धान भने प्रहरीले तीव्र रूपमा गरिरहेको छ। भारतीय सञ्चार माध्यमका अनुसार सीबीआईले यस मुद्दा सम्बन्धी अन्तिम अनुसन्धान रिपोर्ट आगामी केही दिनमा पेश गर्न सक्ने जानकारी बाहिर आएको छ।

सीबीआई एम्सको अन्तिम मेडिकल रिपोर्टको लागि पर्खिरहेको छ। दिल्लीमा १७ तारिखमा एम्सका डाक्टरहरूको अन्तिम बैठक हुनेछ।

यसैबीच, यस मुद्दामा नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले १७ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका सदस्यहरुमा सुशांतकी प्रेमिका रिया चक्रवर्ती र उनका भाई शोविक चक्रवर्ती पनि छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट