परराष्ट्रमन्त्री ज्ञवालीलाई सरकार प्रवक्ताको जिम्मेवारी-Sutra News

परराष्ट्रमन्त्री ज्ञवालीलाई सरकार प्रवक्ताको जिम्मेवारी

मंगलबार, ३० भाद्र २०७७

मंगलबार, ३० भाद्र २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएका छन्। प्रधानमन्त्री ओलीले सोमबार मन्त्री ज्ञवालीलाई सरकारको प्रवक्ता तोकेका हुन्।



अर्को व्यवस्था नभएसम्मका लागि सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री ज्ञवालीलाई तोकिएको उनको निजी सचिवालयले जनाएको छ।

सूचना तथा सञ्चार मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडा गत भदौ २० गते कार्यकाल सकिएर बाहिरिएसँगै सरकारको प्रवक्ता कसैलाई पनि तोकिएको थिएन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट