काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले शुक्रवार (२६ भदौ) मा भएको स्थायी कमिटी बैठकका निर्णयहरुका सम्बन्धमा आन्तरिक परिपत्र (सर्कूलर) जारी गरेका छन्।
‘आन्तरिक निर्देशन’ नाम दिइएको सर्कूलर सोमबार (२९ भदौ) साँझ अध्यक्षद्वयले जारी गरेका हुन्।
स्थायी कमिटीको बैठकमा अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई स्थायी कमिटीको बैठकले केही परिमार्जनसहित पारित गरेको थियो।
तीन दिनपछि जारी गरिएको आन्तरिक परिपत्रमा बैठकले गरिएको परिमार्जनलाई समेटिएको छ। परिपत्र १९ पृष्ठ लामो छ।
परिपत्रको पूर्णपाठ