पुन: बढ्यो सुनको भाउ-Sutra News

पुन: बढ्यो सुनको भाउ

मंगलबार, ३० भाद्र २०७७

मंगलबार, ३० भाद्र २०७७

काठमाडौं– मंगलबार सुनचाँदीको भाउ बढेको छ। सोमबारको तुलनामा मंगलबार छापावाला सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेर ९७ हजार पाँच सय रुपैयाँ कायम भएको छ। सोमबार यसको भाउ ९६ हजार नौं सय रुपैयाँ थियो।



यता तेजावी सुनको भाउ पनि प्रतितोला ६ सय रुपैयाँले नै बढेर ९७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। आइतबार यसको भाउ ९६ हजार रुपैयाँ थियो।

यस्तै, मंगबार चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेर एक हजार तीन सय ४० रुपैयाँ कायम भएको छ। सोमबार यसको भाउ एक हजार तिन सय २० रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट