काठमाडौं– गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा गण्डकीमा थप ४७ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमण पुष्टि हुनेमा नवलपरासी पूर्वका २०, स्याङ्जाका १२, तनहुँका नौ, कास्कीका तीन, गोरखा, लमजुङ र मनाङका एक/एक जना रहेका छन्। योसँगै गण्डकीमा संक्रमितको संख्या ३ हजार १ सय १२ पुगेको छ।