कोरोना भाइरस संक्रमणबाट गोरखा बारपाककी महिलाको मृत्यु-Sutra News

कोरोना भाइरस संक्रमणबाट गोरखा बारपाककी महिलाको मृत्यु

मंगलबार, ३० भाद्र २०७७

मंगलबार, ३० भाद्र २०७७

काठमाडौं– कोरोना भाइरस संक्रमणबाट गोरखाका एकजना संक्रमितको काठमाडौंमा मृत्यु भएको छ।



गोरखाको बारपाक सुलिकोट–८, स्थायी ठेगाना भएका ६३ वर्षीया महिलाको सोमबार वीरेन्द्र अस्पताल छाउनीमा मृत्यु भएको हो।

उनमा २५ भदौमा कोरोना पुष्टि भएको थियो। अस्पतालका अनुसार ती महिला क्यान्सर रोगीसमेत थिइन्। योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट