भारतले नेपाललाई दियो कोरोनाविरुद्ध लड्ने औषधि ‘रेमडेसिभिर’-Sutra News

भारतले नेपाललाई दियो कोरोनाविरुद्ध लड्ने औषधि ‘रेमडेसिभिर’

मंगलबार, ३० भाद्र २०७७

मंगलबार, ३० भाद्र २०७७

काठमाडौं- कोभिड-१९ विरुद्ध लड्न भारतले उपहारस्वरुप नेपाल सरकारलाई २ हजार भाइल रेमडेसिभिर प्रदान गरेको छ।



मंगलबार भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई २ हजार भाइल रेमडेसिभिर औषधि हस्तान्तरण गरे।

कोभिड-१९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौति सामना गर्न भारत सरकारले नेपाललाई गरिरहेको सहयोगअनुरुप उक्त औषधि हस्तान्तरण गरिएको भारतीय दूतावासले जनाएको छ।

यसअघि वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्विन लगायतका अत्यावश्यक औषधि, जेष्ठ ४ गते कोभिड-१९ टेष्ट किट (आरटी-पीसीआर) र श्रावण २५ गते आइसीयु भेन्टिलेटर जस्ता स्वास्थ्य सामग्री भारतले नेपाललाई सहयोग स्वरुप प्रदान गरिसकेको छ।

अक्सिजन थेरापीमा रहेका मध्यमदेखि गम्भीर प्रकृतिका बिरामीहरुको उपचारमा रेमडेसिभिर एक प्रभावकारी औषधि मानिन्छ। यो औषधिको प्रयोगले बिरामीहरुको अस्पताल बसाई अवधि र रोगबाट निको हुने समयलाई कम गर्न उल्लेखनीयरुपमा सघाउ पुर्‍याउने बताइन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट