थप १४५९ जनामा कोरोना संक्रमण, ४० हजार बढी निको भए-Sutra News

थप १४५९ जनामा कोरोना संक्रमण, ४० हजार बढी निको भए

मंगलबार, ३० भाद्र २०७७

मंगलबार, ३० भाद्र २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कूल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ।



देशभरि १० हजार ३७५ जनाको पीसीआर परीक्षण गर्दा यी संक्रमित देखिएका हुन्। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार थप १०६२ जना कोरोनामुक्त भए। हालसम्म ४० हजार ६३८ जना कोरोनामुक्त भएका छन्।

मन्त्रालयका अनुसार मंगलबार थप ११ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ३ सय ७१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट