

काठमाडौं- मंगलबार सेयर बजार सामान्य घटेको छ। आज नेप्से सूचक ४.४७ अंकले घटेर १५३६.०३ विन्दुमा आइपुगेको छ। १९१ कम्पनीको १ अर्ब ८० करोड १ लाख ९७ हजार ९०३ रुपैयाँको कारोबार भएको छ।
नेप्सेमा मंगलबार ५४ लाख ५२ हजार ६७३ कित्ता सेयर खरिदबिक्री भएका छन्। १२ समूहको कारोबार भएकामा ३ वटा समूहका सूचक बढेका छन् भने बाँकी घटेका छन्। वाणिज्य बैंक समूहको सूचक ३ अंकले घटेको छ।
दिव्यश्वरी हाइड्रोपावर, एनआरएन लघुवित्त, रिलायन्स लाइफ इन्सुरेन्स, खानीखोला हाइड्रोपावरको भाउ १० प्रतिशतले बढेको छ। यता, माउन्टेन हाइड्रोपावरको भाउ सबैभन्दा धेरै ४.८५ प्रतिशतले घटेको छ।
खरिदबिक्री रकममा ११ करोड २१ लाख रुपैयाँसहित नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा छ। यसैगरी, दोस्रोमा नेको इन्सुरेन्स र तेस्रोमा कुमारी बैंक परेको छ।