कास्की- गण्डकी प्रदेशमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। पोखरा महानगरपालिकाका ७० वर्षीय पुरुषको पोखराको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो।
क्यान्सरका बिरामी रहेका ती व्यक्ति भदौ २५ गते अस्पताल भर्ना भएकामा २८ गते कोरोना पुष्टि भएको थियो। उनको सोमबार राति मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
प्रदेशभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ। पछिल्लो विवरणअनुसार प्रदेशमा चारजना कोरोना सङ्क्रमित थपिएका छन्।
थप हुनेमा कास्कीका दुई, स्याङ्जा र गोरखाका एक-एकजना छन्। योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ११६ जना पुगेको छ। सङ्क्रमितमध्ये एक हजार ८९५ जना निको भएका छन्।