अन्तर्राष्ट्रिय सीमा असोज ३० गतेसम्म बन्द गर्ने सरकारको निर्णय-Sutra News

अन्तर्राष्ट्रिय सीमा असोज ३० गतेसम्म बन्द गर्ने सरकारको निर्णय

मंगलबार, ३० भाद्र २०७७

मंगलबार, ३० भाद्र २०७७

काठमाडौं- कोरोना संक्रमणको जोखिम नघटेको भन्दै सरकारले अन्तर्राष्ट्रिय सीमा असोज ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। यसअघि सरकारले भदौ ३१ सम्म अन्तर्राष्ट्रिय नाकाबाट प्रवेशन निधेष गर्ने निर्णय गरेको थियो।



परराष्ट्र मन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीलले मंगलबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै समस्यामा परेका नेपालीलाई भने भारततर्फका १२ र चीन तर्फको रसुवागढी नाकाबट नेपाल प्रवेश गर्न दिइने जानकारी दिए।

यसअघि भारततर्फबाट १० वटा नाकाबाट मात्रै नेपालीहरु नेपाल प्रवेश गर्न पाउँथे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट