काठमाडौं- लामो दूरीका सार्वजनिक सवारीसाधनमा ५० प्रतिशतमात्रै यात्रु राख्ने पाइने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ गतेबाट लामो दूरीका सार्वजनिक सवारीसाधन चलाउन अनुमति दिने निर्णय गरेको थियो।
मंगलबार ती निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ती सार्वजनिक सवारीसाधनमा ५० प्रतिशतमात्रै यात्रु राख्न पाइने जानकारी दिए।
यसअघि १ भदौबाटै यी सेवा सञ्चालन ल्याउने भनिए पनि कोरोना संक्रमितहरु बढ्न थालेपछि उक्त निर्णय नगरेर निषेधाज्ञा लागू गरिएको थियो।