खतिवडा प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार नियुक्त-Sutra News

खतिवडा प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार नियुक्त

मंगलबार, ३० भाद्र २०७७

मंगलबार, ३० भाद्र २०७७

काठमाडौं- पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेको छ।



सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउनेगरी सल्लाहकार नियुक्त गरेको सरकार प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

मन्त्री नियुक्त भएको छ मिहनाभित्रै संघीय संसदको सदस्य बन्नुपर्नै संवैधानिक बाध्यताका कारण खतिवडाले १९ भदौमा अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

रिक्त रहेको राष्ट्रिय सभाको एक सिटमा नेता वामदेव गौतमलाई पठाउने निर्णय नेकपाले गरेपछि खतिवडा बाहिरिन बाध्य भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट