एसिड आक्रमणमा परेकाहरुको निशुल्क उपचार गर्ने सरकारको निर्णय, तोकिए ४ ‘डेडिकेटेड’ अस्पताल-Sutra News

एसिड आक्रमणमा परेकाहरुको निशुल्क उपचार गर्ने सरकारको निर्णय, तोकिए ४ ‘डेडिकेटेड’ अस्पताल

मंगलबार, ३० भाद्र २०७७

मंगलबार, ३० भाद्र २०७७

काठमाडौं- सरकारले एडिस आक्रमणमा परेकाहरुको उपचारका लागि ४ अस्पताललाई ‘डेडिकेटेड’ अस्पताल तोकेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर वर्न अस्पताललाई डेडिकेटेड अस्पताल तोक्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले दिए।



मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित नियमति पत्रकार सम्मेलनमा ज्ञवालीले एसिड आक्रमणको कसुर र सजायसम्बन्धी प्रचिलत कानुनलाई संसोधन गर्न र एसिडको उत्पादन, आयात, निर्यात, विक्री-वितरण तथा प्रयोगलाई नियमन गर्न नयाँ ऐन तर्जुमा गर्ने कार्य तत्कालन प्रारम्भ गर्ने निर्णय गरेको बताए।

नेपाल कानुन आयोगले १५ दिनभित्र कानुनको मस्यौदा तयार गर्ने उनको भनाइ छ। प्रधामन्त्री केपी शर्मा ओलीले २५ भदौमा केही एसिड पीडितसँग छलफल गर्दै तत्काल नयाँ कानुन ल्याउन निर्देशन दिएका थिए।

सरकारले एसिड आक्रमणविरुद्ध जागरण अविवृद्धि गर्न प्रत्येक वर्षको भदौ २५ गतेलाई एसिड आक्रमणविरुद्धको जागरण दिवसका रुपमा मनाउने पनि निर्णय गरेको छ।

एसिड आक्रमणमा परेकाहरुको निशुल्क उपचार गर्ने र त्यसँग सम्बन्धित आजीवन प्रयोग गनुपर्ने औषधिको खर्चसमेत नेपाल सरकारले उपलब्ध गराउने निर्णय गरिएको ज्ञवालीले जानकारी दिए। यसको संयोजन स्वाथ्य तथा जनसंख्या मन्त्रालयले गर्ने छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट