सिन्धुपाल्चोक केन्द्र बनाएर ६ म्याग्निच्यूडको भूकम्प-Sutra News

सिन्धुपाल्चोक केन्द्र बनाएर ६ म्याग्निच्यूडको भूकम्प

बुधबार, ३१ भाद्र २०७७

बुधबार, ३१ भाद्र २०७७

काठमाडौं– काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। बुधबार बिहान ५:२१ बजे भूकम्पको धक्का महसुस भएको हो।



केहीबेरसम्म भूकम्प भइरहेपछि सर्वसाधारण घरबाट बाहिर निस्केका थिए। भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो।

१२ वैशाख २०७२ कै ‘गोरखा भूकम्प’को परकम्पन भएको केन्द्रले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट