एसिड आक्रमणका पीडितहरूको आजीवन खर्च सरकारले व्यहोर्ने-Sutra News

एसिड आक्रमणका पीडितहरूको आजीवन खर्च सरकारले व्यहोर्ने

बुधबार, ३१ भाद्र २०७७

बुधबार, ३१ भाद्र २०७७

काठमाडौं– सरकारले एसिड आक्रमणका पीडितहरूको आजीवन खर्च व्यहोर्ने निर्णय गरेको छ। त्यसका लागि सरकारले काठमाडौं उपत्यकामा चार वटा डेडिकेटेड अस्पताल समेत निर्धारण गरेको छ।



मन्त्रिपरिषद् बैठकको निर्णय मंगलवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले पीडितको निःशुल्क उपचार र स्वास्थ्यसँग सम्बन्धित प्रयोग गर्नुपर्ने आजिवन औषधि खर्च सरकारले व्यहोर्ने निर्णय गरेको जानकारी दिए।

सरकारले स्वास्थ्य मन्त्रालयले संयोजन र सहजीकरण गर्ने गरी एसिड आक्रमणमा परेका पीडितहरूको उपचारका लागि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पताललाई डेडिकेटेड अस्पतालका रुपमा तोकेको छ।

प्रवक्ता ज्ञवालीले पीडितको तत्काल सम्भव हुने अस्पतालमा उपचार गरेर थप उपचारका लागि प्राथिमकताका साथ रिफर गर्नुपर्ने निर्णय भएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट