सिन्धुपाल्चोकका सिडिओ भन्छन्– भूकम्पले पहिरोको जोखिम अत्याधिक बढायो, हामी सतर्क छौं-Sutra News

सिन्धुपाल्चोकका सिडिओ भन्छन्– भूकम्पले पहिरोको जोखिम अत्याधिक बढायो, हामी सतर्क छौं

बुधबार, ३१ भाद्र २०७७

बुधबार, ३१ भाद्र २०७७

काठमाडौं– बुधबार बिहान सिन्धुपाल्लचोक राम्चे केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएपछि मानिसहरू आत्तिएर बाहिर निस्किए। भागदौड पनि भयो।



भूकम्पको केन्दविन्दु सिन्धुपाल्चोकमा भूकम्प गएपनि हालसम्म कुनै क्षति नभएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिएका छन्।

क्षति भएको छ वा छैन त्यसबारे बुझ्न गाउँपालिका र वडालाई निर्देशन दिएको पनि ढकालले जानकारी दिए।

१२ र २९ वैशाख २०७२ को भूकम्पका कारण जमिन कमजोर भएर पहिरो गइरहेको सिन्धुपाल्चोकमा पटक–पटक आउने यस्ता भूकम्पले जोखिम झनै बढाएको उनी बताउँछन्। बुधबार बिहान सूत्रन्युनसँग उनी भन्छन्, ‘भूकम्पले पहिरोको जोखिम अत्याधिक बढाएको छ। पहिरोको समस्या आउन सक्छ। रातभर पानी पनि परेको छ। जोखिममा छौं। हामी सोही अनुसार तयारी अवस्थामा बसेका छौं।’

अहिले कुनै पनि ठाउँमा अप्रिय घटना घटेको रिर्पोटिङ नआएको बताउँदै ढकालले कुनै घटना घटे नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी ढकालले सूत्रन्युजलाई जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट