चिनियाँ खोप प्रयोग गर्न युएईले दियो अनुमति-Sutra News

चिनियाँ खोप प्रयोग गर्न युएईले दियो अनुमति

बुधबार, ३१ भाद्र २०७७

बुधबार, ३१ भाद्र २०७७

एजेन्सी- चिनियाँ कम्पनी सिनोफर्मको खोप संयुक्त अरब अमीरातमा सुरु भएको छ। चिनियाँ खोपको पहिलो र दोस्रो चरणको परीक्षण २८ दिनमा पूरा भएको बताइएको छ। स्वयंसेवकहरूले सत प्रतिशत एन्टिबडीहरू भएको दाबी गरेका छन्।



संयुक्त अरब एमिरेट्स (युएई) ले चिनियाँ खोप प्रयोगको लागि देशमा प्रयोग गर्न अनुमति दिएको छ।

यो खोप आपतकालमा प्रयोग गरिने छ र कोरोनाको उच्च जोखिम क्षेत्रमा वा अग्रणी कामदारहरूलाई दिइनेछ। यो खोप चिनियाँ फार्मा कम्पनी सिनोफर्मले विकास गरेको हो। खोप परीक्षणको तेस्रो चरण संयुक्त अरब अमीरातमा जुलाईमा सुरु भएको छ तर पूरा भने भएको छैन।

राष्ट्रिय आपतकालको संकट र विपत्ति व्यवस्थापन प्राधिकरणले एक ट्वीटमा यसको जानकारी दिएको छ। कोरोनाको बढ्दो घटनापछि घोषणा गरिएको बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट