गण्डकी प्रदेशमा थपिए ५० कोरोना संक्रमित-Sutra News

गण्डकी प्रदेशमा थपिए ५० कोरोना संक्रमित

बुधबार, ३१ भाद्र २०७७

बुधबार, ३१ भाद्र २०७७

काठमाडौं– गण्डकी प्रदेशमा थप ५० जना कोरोना संक्रमित थपिएका छन्। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा आज थप ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।



नयाँ संक्रमितहरुमा कास्कीका २९ जना छन्, जसमा २८ जना पोखरा महानगरपालिकाका हुन्। यसैगरी गोरखाका १३ जना, तनहुँका ५ जना र बाग्लुङका ३ जना रहेको स्वास्थ्य निर्देशनालय कास्कीले जनाएको छ।

बिहान ५० संक्रमित थपिएसँगै गण्डकीमा अहिलेसम्म संक्रमितको संख्या ३१६६ पुगेको छ।

अहिलेसम्म प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १८९५ रहेको छ भने निको हुने दर ५९.९ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट