

काठमाडौं– सुनचाँदीको भाउ बुधबार स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ। यस दिन चाँदीको भाउ पनि अघिल्लो दिनकै स्थिर अर्थात् प्रतितोला एक हजार तीन सय ४० रुपैयाँ कायम भएको छ।