थप १५३९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५८ हजार नाघ्यो-Sutra News

थप १५३९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५८ हजार नाघ्यो

बुधबार, ३१ भाद्र २०७७

बुधबार, ३१ भाद्र २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो एकैदिन भेटिएको अहिलेसम्मकै उच्च संक्रमित हो।



योसँगै नेपालमा कूल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरि १० हजार ४९४ पीसीआर परीक्षण गर्दा यी संक्रमित देखिएका हुन्। 

मन्त्रालयका अनुसार बुधबार थप १०६८ जना कोरोनामुक्त भए। हालसम्म ४१ हजार ७०६ जना कोरोनामुक्त भएका छन्।

मन्त्रालयका अनुसार बुधबार थप ८ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ३ सय ७९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट