काठमाडौं- सरकारले मृत्यु भएकाहरुको कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले कोरोना पुष्टि नभइ शंकास्पद मृत्यु भएको अवस्थामा पनि कोरोना परीक्षण नगर्ने निर्णय गरेको हो।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मृतकहरुको स्वाव लिएर कोरोना परीक्षण नगर्ने निर्णय भएको जानकारी दिए। तर स्वास्थ्यका सबै सुरक्षा मापदण्ड पालना गरेरमात्र शव व्यवस्थापन गर्नुपर्ने उनले बताए।
उनका अनुसार शव व्यवस्थापनमा खटिएकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्नैपर्ने छ।