भरतपुर- कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले जिल्लामा गरेको निषेधाज्ञा खुकुलो गरेको छ। जिल्ला प्रशासन कार्यालय चितवनले आज जारी गरेको सूचनामा भदौ ३१ गते राति १२ बजेबाट लागू हुनेगरी गरिएको आदेशमा केही खुकुलो गरिएको जनाइएको छ। यसअघि साउन २८ गतेबाट जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा जारी सूचनामा आदेश असोज ७ गतेसम्म कायम रहेको भए पनि पहिलेभन्दा केही खुकुलो गरिएको उल्लेख छ। कार्यालयले बिहीबारदेखि निजी तथा सार्वजनिक सवारी साधन जोर बिजोेर प्रणालीमा चलाउन दिने, जोर गते जोर र बिजोर गते बिजोर सवारी सञ्चालन गर्ने, होटल रेष्टुरेन्टमा राजमार्गका लागि राति १० बजेसम्म र अन्यलाई राति ८ बजेसम्म सञ्चालन गर्न दिने, शैक्षिक संस्थाले अनलाइनमार्फत पठनपाठन सञ्चालन गर्ने आदेशमा उल्लेख छ।