आजदेखि काठमाडौंमा उपत्यकामा व्यापार व्यवसाय खुला, तर केही क्षेत्रमा निषेधाज्ञा कायमै-Sutra News

आजदेखि काठमाडौंमा उपत्यकामा व्यापार व्यवसाय खुला, तर केही क्षेत्रमा निषेधाज्ञा कायमै

बिहिबार, १ असोज २०७७

बिहिबार, १ असोज २०७७

काठमाडौं- आजदेखि होटल तथा रेष्टुरेन्टहरु सञ्चालनमा आएका छन्। उपत्यकामा कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी होटल तथा रेष्टुरेन्टमा लगाएको निषेधाज्ञा आदेश आजबाट खारेज गरिएको छ।



काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुको बैठकले होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्न दिने निर्णय गरेको हो। योसँगै लामो समययता बन्द होटल तथा रेष्टुरेन्टहरु खुला हुनेछन्।

उपत्यकामा सवारी साधनमा भने जोर बिजोर प्रणाली कायमै रहनेछ। त्यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै खुला स्थानमा मानिस जम्मा हुन, भिडभाड गर्न वा सभा, जुलुस गर्न निषेध गरेको जनाएको छ। 

त्यस्तै मठमन्दिर, मस्जिद, चर्च लगायतका धार्मिक तथा सांस्कृतिक स्थलमा नृत्य पुजाबाहेकका गतिविधि सञ्चालन गर्न पनि नदिने बताइएको छ। ‘सबै प्रकारका सेमिनार गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, शैलुन, स्पा, स्मिमिङ पुल, जिमखानासहित भीड हुने क्षेत्रलाई पूर्ण रुपमा निषेध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

press1.jpg

press2.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट