काठमाडौं- आज बिहीबार देशभर हल्का तथा मध्यम वर्षा हुने सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा मध्यम खालको वर्षा हुनेछ।
हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ। हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।