‘कोभिड १९’ बाट विश्वमा नौ लाख ३९ हजारभन्दा बढीको मृत्यु-Sutra News

‘कोभिड १९’ बाट विश्वमा नौ लाख ३९ हजारभन्दा बढीको मृत्यु

बिहिबार, १ असोज २०७७

बिहिबार, १ असोज २०७७

जेनेभा– विश्वभरी कोरोना भाइरस संक्रमणबाट नौ लाख ३९ हजार १८६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बुधबार जानकारी दिएको छ।



सो संगठनका अनुसार विश्वमा दुई करोड ९७ लाख २७ हजार ३८९ जना कोरोना भाइरस संक्रमित भएका छन्। यद्यपि विश्वमा कोरोना भाइरस संक्रमित दुई करोड १५ लाख ४२ हजार ४७७ व्यक्ति कोरोनामुक्त भएका छन्।

हाल विश्वमा ७२ लाख ४५ हजार ७२६ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ। संक्रमितमध्ये ६० हजार ९१५ जनाको अवस्था गम्भीर रहेको जनाएको छ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ।  रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट