पेट्रोलको यथावत, डिजेल र मट्टितेलको मूल्य घट्यो-Sutra News

पेट्रोलको यथावत, डिजेल र मट्टितेलको मूल्य घट्यो

बिहिबार, १ असोज २०७७

बिहिबार, १ असोज २०७७

काठमाडौं– नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक/एक रुपैयाँ घटाएको छ। निगमले पेट्रोलको मूल्य भने यथावत राखेको छ। सो मूल्य बुधबार राति १२ बजेबाट लागू भएको छ।



इण्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार समायोजन गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

नयाँ मूल्य सूचीअनुसार डिजेल र मट्टितेलको बिक्री मूल्य निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्र प्रतिलिटर ९० रुपैयाँ तोकिएको छ। हवाई ईन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत राखेको छ।

यसअघि भदौ १६ मा निगमले पेट्रोल दुई रुपैयाँ मूल्यवृद्धि गरिएको थियो। मूल्यवृद्धिसँग काठमाडौं आसपासमा प्रतिलिटर १ सय ७ रुपैयाँ खुद्रा मूल्य कायम भएकोमा यसलाई निगमले यथावत राखेको छ।

इण्डियन आयल कर्पोरेशनले पठाएको मूल्यसूचीअनुसार निगमले १५/१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट