सरकारले उपाध्यक्ष गौतमको नाम राष्ट्रपति कार्यालय पठायो-Sutra News

सरकारले उपाध्यक्ष गौतमको नाम राष्ट्रपति कार्यालय पठायो

बिहिबार, १ असोज २०७७

बिहिबार, १ असोज २०७७

काठमाडौं– सरकारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको नाम राष्ट्रपति कार्यालय पठाएको छ। राष्ट्रिय सभाको मनोनित कोटाबाट बन्ने सांसदका लागि सरकारले गौतमको नाम पठाएको हो।



गत सोमबारको मन्त्रिपरिषद् बैठकबाट सिफारिस गरिएका गौतमको नाम बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले शितल निवास पठाएको हो।

राष्ट्रपति कार्यालयले राष्ट्रिय सभामा पठाएपछि मात्रै गौतमले सांसदको सपथ लिन पाउनेछन्। राष्ट्रपतिबाट मनोनित हुने १ जना सांसद गत फागुनदेखि राष्ट्रिय सभामा खाली रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट