काठमाडौं- असोज महिनाको पहिलो दिन आज सुनको भाउमा गिरावट आएको छ। भदौ महिनाको अन्तिम दिन बुधबारको तुलनामा बिहीबार छापावाला सुनको मूल्य प्रतितोला नौं सय रुपैयाँले घटेर ९६ हजार ६०० सय रुपैयाँ कायम भएको छ। बुधबार यसको भाउ ९७ हजार पाँच सय रुपैयाँ थियो।
यता तेजावी सुनको भाउ पनि प्रतितोला नौं सय रुपैयाँले नै घटेर ९ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। बुधबार यसको भाउ ९६ हजार रुपैयाँ थियो।
यस्तै, बुधबार चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेर एक हजार तीन सय २० रुपैयाँ कायम भएको छ। सोमबार यसको भाउ एक हजार तिन सय ४० रुपैयाँ थियो।