google.com, pub-1724230173714267, RESELLER, f08c47fec0942fa0 google.com, pub-1724230173714267, RESELLER, f08c47fec0942fa0
भारतका मन्त्री नितिन गड्करीलाई कोरोना सङ्क्रमण-Sutra News

भारतका मन्त्री नितिन गड्करीलाई कोरोना सङ्क्रमण

बिहिबार, १ असोज २०७७

बिहिबार, १ असोज २०७७

काठमाडौं- भारतका केन्द्रीय यातायात मन्त्री नितिन गड्करीलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ।



उनले आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको सामाजिक सञ्जालबाट जानकारी दिएका हुन्। उनले पछिल्लो समयमा आफ्नो सम्पर्कमा आएकाहरुलाई तत्काल स्वास्थ्य परीक्षण गर्न र सतर्कता अपनाउन पनि आह्वान गरेका छन्।

‘मैले हिजो कमजोर महसुस गरें, अनि मैले चिकित्सकसँग परामर्श गरें, अनि कोरोना परीक्षण गर्दा कोरोनाभाइरसबाट सङ्क्रमित भएको नतिजा आयो,’ उनले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।

उनले थप लेखेका छन्, ‘भगवानको कृपा र तपाईंहरु सबैको सुभेच्छाले मलाई अहिले धेरै निको भइसकेको छ, म अहिले आराम महसुस गरिरहेको छु।’ रासस/एएनआई 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट