वामदेवलाई दिउँसो ४ बजे शपथ खुवाउने तयारी-Sutra News

वामदेवलाई दिउँसो ४ बजे शपथ खुवाउने तयारी

बिहिबार, १ असोज २०७७

बिहिबार, १ असोज २०७७

काठमाडौं– राष्ट्रिय सभामा मनोनित भएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई दिउँसो ४ बजे शपथ खुवाइने भएको छ।



राष्ट्रियसभा सचिवालयका अनुसार गौतमलाई सिंहदरबारमा शपथ खुवाउने गरि तयारी भइरहेको छ। उनलाई राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले शपथ खुवाउने छन्।

सरकारको सिफारिमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा मनोनित गरेकी थिइन।

सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट