पछिल्लो २४ घण्टामा १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि-Sutra News

पछिल्लो २४ घण्टामा १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि

बिहिबार, १ असोज २०७७

बिहिबार, १ असोज २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा १० हजार ६ सय ४१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



योसँगै नेपालमा कूल संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ। मन्त्रालयका अनुसार बिहीबार थप १२ सय ४३ जना कोरोनामुक्त भए। हालसम्म ४२ हजार ९ सय ४९ जना कोरोनामुक्त भएका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ जना संक्रमितको मृत्यु भएको छ।

नेपालमा हालसम्म ३ सय ८३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट