वामदेव गौतमले लिए राष्ट्रिय सभा सदस्यको शपथ-Sutra News

वामदेव गौतमले लिए राष्ट्रिय सभा सदस्यको शपथ

बिहिबार, १ असोज २०७७

बिहिबार, १ असोज २०७७

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा सदस्यको शपथ लिएका छन् ।



बिहीबार दिउँसो ४ बजे सिंहदरबारस्थित राष्ट्रियसभा सचिवालयमा गौतमलाई राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले शपथ खुवाएका हुन्।

सरकारको सिफारिमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई आजै राष्ट्रियसभा सदस्यको रुपमा मनोनित गरेकी थिइन।

सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट