प्रधान सेनापतिसँग पाकिस्तानी राजदूतको विदाइ भेट-Sutra News

प्रधान सेनापतिसँग पाकिस्तानी राजदूतको विदाइ भेट

बिहिबार, १ असोज २०७७

बिहिबार, १ असोज २०७७

काठमाडौं– आफ्नो कार्यकाल पुरा गरेर स्वेदश फर्किन लागेका नेपालका लागि पाकिस्तानी राजदूत मजहर जाभेदले प्रधान सेनापति पूर्णचन्द्र थापासँग विदाइ भेट गरेका छन्।



बिहीबार जंगी अड्डामा पुगेर उनले प्रधान सेनापतिसँग शिष्टाचार भेटवार्ता गरेका हुन।

नेपाली सेनाले प्रधान सेनापति थापा र पाकिस्तानी राजदूतबीच आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको बताएका छन्।

मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरुसँग हुने यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट