पछिल्लो तीन हप्ता यता विभिन्न पृष्ठभूमिका दजनौं ईरानी महिलाहरुले सामाजिक सञ्जालमार्फत ‘मिटु अभियान’को रुपमा आफूले भोगेका यौन उत्पिडन र हमलाको बारेमा बोलिरहेका छन्। प्रहरीले कम्तीमा एक अभियुक्तमाथि कारबाही थालेको बताएका छन्। थुप्रै महिलाहरुले यसलाई यौन हिंसाविरुद्धको व्यापक आन्दोलनको सुरुवातका रुपमा हेरेका छन्।
ईरानमा मिटु अभियान अगष्टको सुरुवातमा प्रारम्भ भएको थियो, जब केही महिला पत्रकारहरुको समूहले आफूले समाचार कक्षमा सहकर्मीबाट र आफूले अन्तर्वार्ता गरेका व्यक्तिहरुबाट भोगेको दुरव्र्यवहारको अनुभव एक भिडियोमार्फत बाँडेका थिए। त्यसपछि अज्ञात महिलाहरुको ट्विटरबाट आफूले शक्तिमा भएका मानिसहरुबाट समेत भोगेको दुरव्र्यवहार र यौन उत्पडिनको बारेमा कुराहरु आए। एक प्रसंगमा पूर्वपत्रकार सारा ओमाटालीले ट्विट गर्दै एक सुप्रसिद्ध कलाकारले आफूलाई २००६ को ग्रिस्ममा यौन दुरव्र्यवहार गरेको बताएकी थिइन्।
सामाजिक सञ्जालमार्फत आफूले भागेको यौन उत्पिडनहरुमा आवाज उठेको यो पहिलो पटक भने होइन। तर, यस पटक धेरै महिलाहरुले आफ्नो अनुभव साट्नका लागि ईच्छा देखाएकाले यसले गति लिएको थियो। केही प्रसंगमा थुप्रै महिलाहरुले निश्चित व्यक्तिको नाम प्रयोग गरेका थिए, जहाँ सैयौंले ती व्यक्तिहरुमाथि कानुनी कारवाहीको आह्वान गरेका थिए।
ईरानको तत्कालिन कानूनी प्रतिबन्ध र नागरिक समाजको दमन भएको बेला यो मुद्दामा कसरी जवाफदेहिताको आह्वान गर्न सकिन्छ भन्ने कुरामा निराशावादी हुनुपर्ने थुप्रै कारणहरु छन्। तर, पछिल्ला केही हप्ता प्रेरणाको स्रोत बनेका छन्, जसले सार्वजनिक स्थानमा महिला अधिकारको आरभूत तत्व, लैंगिक हिंसा विरुद्धको संरक्षणको बारेमा आवाज उठाउन पनि मद्दत गरेको छ। सामाजिक सञ्जालमा आएका कुराहरुले समाज र मुख्यगरि सामाजिक सञ्जालको समझदार भिड दुरव्र्यवहार भोगेकाहरुको कथा सुन्न र परिवर्तनका लागि दवाब दिन तयार देखिएका छन्।
अगष्ट २५ मा ईरान प्रहरीका प्रमुख जेनरल होस्सिन रहिमीले सामाजिक सञ्जालमा धेरै महिलाहरुले बलत्कारको आरोप लगाएका व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको घोषणा गरेका थिए। साथै, उनीहरुको परिचयलाई गोप्य राख्ने भन्दै उनले प्रहरीमा आएर उजुरी दिन पनि निम्त्याएका थिए। आफ्ना साथीले उजुरी दिन जाँदा साथ दिएकी महिलाले आफ्नो ईन्स्टाग्राममा प्रहरी सम्मानका साथ व्यवहार गरेको र उनीहरुको व्यक्तिगत जीवनलाई उल्लंघन नगरेको लेखेकी थिइन्।
सामाजिक सञ्जालले ईरानी महिलाहरुलाई बिनासंकोच एकअर्कासँगै विश्वका अन्य महिलाहरुको अनुभव र कथा पढ्ने अवसर दिएको छ। तर, आज ईरानी महिलाहरु जहाँ उभिएका छन्, वषौंदेखि ईरानी महिला अधिकारकर्मीहरु र समाजमा आफ्नो स्थान पाउन लडेका महिलाहरुको मिहेनतको परिणाम हो।
न्यायपालिकामार्फत यौन दुरव्यवहार गर्ने अपराधीलाई जिम्मेवार ठहर्याउने प्रयास गाह्रो भएको देखिएको छ। तर, ईरानसहित केही देशहरुमा बलात्कारको उजुरी दिँदा महिलाले पनि अपराधिक आरोपहरु सामाना गर्नुपर्ने हुनसक्छ। इरानको कानूनी प्रणालीले सहमतीमा भएको विवाहेत्तर यौन सम्बन्धलाई पनि अपराधिक ठहर्याउँछ, र उनीहरुलाई कोर्रा लगाएर सजाय दिइन्छ। जसकारण अधिकारीहरुले महिलामाथि विश्वास नगर्दा पीडित पनि जोखिममा पर्ने सम्भावना रहन्छ। मुख्यगरि पहिलाबाटै रहेको सम्बन्धमा वा कुनै पनि प्रकारको सहमतिमा भएको सम्बन्धमा यो जोखिम हुने सम्भावना हुन्छ।
यसबाहेक, फौजदारी कानूले स्पष्ट रुपमा वैवाहिक बलात्कारलाई समावेश गर्दैन र वैवाहिक सम्बन्धभन्दा बाहिर हुने यौन सम्बन्धमा यसले सिमित तथा समस्यागत परिभाषा दिएको छ, जसमा व्यभिचार पनि समावेश छ। बिनासहमति वा जबरजस्ती हुने अन्य किसिमका सम्बन्धको पक्षमा फौजदारी कानून रहेको छैन।
योसँगै, व्यवहारिक रुपमा ईरानमा कानूनी प्रवद्धक, अभियोजक र न्यायधीशहरुले जबरजस्ती सम्बन्ध भएको प्रमाणित गर्न उच्च स्तरका प्रमाणको माग गर्छन्, जसमा शारीरक रुपमा हानी भएको देखिनु पर्छ। परिस्थितिलाई झन् नराम्रो बनाउन, ईरानी कानुन अनुसार बलात्कारको सजाय (जसलाई ‘फोर्स्ड जिना’ भनिन्छ) मृत्युदण्ड रहेको छ। पितृसत्तात्मक सामाजिक नियमहरुको साथमा यी कानूनी प्रतिबन्धहरुले पीडितहरुलाई न्यायको खोजी गर्नु एउटा बोझ जस्तो बनाईदिन्छ, जसकारण उनीहरु उजुरी नै दिन चाहदैंनन्।
उत्पिडनका लागि अपर्याप्त कानूनी सुरक्षाले दण्डहिनतामा योगदान पुर्याएको छ। तर, पछिल्ला केही घट्नाहरुले महिलाहरु परम्परागत, राजनैतिक र वैचारिक नियमहरुलाई तोडेर यौन उत्पिडकहरुको नाम लिएर न्यायमा स्पष्ट जवाफदेहिताको माग गर्दै बोल्न चाहेको देखाएको छ। सामाजिक सञ्जालमार्फत नाम दिईएकाहरुमा शिक्षकदेखि विश्वविद्यालयका प्रध्यापकसम्म, कलाकारदेखि स्टार्टअप कम्पनीका म्यानेजरसम्म रहेका छन्। महिला अधिकारका लागि काम गर्ने एक समाजसास्त्रीको नाम पनि उत्पिडकको रुपमा बाहिर आएको छ।
विवाहअघि सहमतिमा हुने यौन समबन्धलाई अपराध र यसमा संलग्न हुनेलाई अपराधी घोषणा गर्ने समाजमा समाजले नै मानव अधिकारका लागि दवाव दिन खाजीरहेको कुरा प्रोत्साहनजनक छ । तर, यो परिवर्तन रातारात भएको होईन्।
सामाजिक सञ्जालले ईरानी महिलाहरुलाई बिनासंकोच एकअर्कासँगै विश्वका अन्य महिलाहरुको अनुभव र कथा पढ्ने अवसर दिएको छ। तर, आज ईरानी महिलाहरु जहाँ उभिएका छन्, वषौंदेखि ईरानी महिला अधिकारकर्मीहरु र समाजमा आफ्नो स्थान पाउन लडेका महिलाहरुको मिहेनतको परिणाम हो।
अगष्टमा ईरानी महिला अधिकारकर्मीहरुले विभेदपूर्ण कानुनलाई चुनौती दिँदै दश लाख हस्ताक्षर सति १४ औं वार्षिक उत्सव मनाएका थिए। ती थुप्रै अधिकारकर्मीहरुले दुरव्र्यवहार भागेका छन्। कतिपयले नागरिक समाजमाथि भएका विभिन्न कारबाहीका क्रममा देश छोडेका छन्। अभियानलाई निरन्तरता दिँदै परिवर्तनका लागि दवाब दिन महिला अधिकारकर्मिहरुलाई गाह्रो भएको छ।
तर, पनि महिलाहरुले परिवर्तनको माग गरेका छन्। बाल विबाहलाई लिएर नयाँ अभियान सुरु भएको छ । सार्वजनिक स्थलमा हुने दुरव्र्यवहार, महिलामाथिका हिंसा र अनिवार्य रुपमा हिसाब लगाउनुपर्ने नियम विरुद्ध उनीहरुले नयाँ अभियान चालेका छन्। उदाहरणका लागि सन् २०१९ मा भएको ईरानको नागरिकतासम्बन्धी कानुनको संशोधनपछि विदेशी पुरुषसँग विवाह गरेका महिलाहरुले पनि अब आफ्नो सन्तानलाई आफ्नो राष्ट्रियता दिन पाउने भएका छन्।
ईरानको मिटु अभियानमा ईरानी अधिकारीहरुले एक अभियुक्तलाई पक्राउ गरेर महत्वपूर्ण कदम चालेका छन् । तर, उनीहरुले कसरी न्यायिक प्रक्रिया सम्हाल्ने छन् र, झन् महत्वपूर्ण, कसरी यौन शिकारीहरुसँग व्यवहार गर्नेछन् भन्ने गम्भीर परीक्षा उनीहरुको सामुन्ने छ।
ईरानी अधिकारीहरुले तत्कालै बलात्कारलाई लिएर निर्माण भएको कानुनको परिभाषा परिवर्तन गर्नुपर्छ, जुन लैंगिक रुपले तठष्ट होस र वैवाहिक बलात्कार र अन्य किसिमका जबरजस्तीहरुलाइ समावेश गरोस्। सँगै यौन दुरव्र्यवहारका अन्य प्रकारलाई पनि यसले समावेश गर्नुपर्छ, र मृत्युदण्ड सजायको रुपमा योग्य छैन्।
अनलाईनमार्फत महिलाहरु बोल्नुले उनीहरु अधिकारीहरुले दिने अधिकार कुरेर नबसेको देखाउँछ। उत्पिडनको सन्दर्भमा ईरानी महिलाहरुले आफ्नो अधिकारको माग आफैं गरेका छन् र परिवर्तनका लागि नवीन र फरक तरिकाले दबाब दिईरहेका छन्।
लेखक ‘ह्युमन राईट्स वाच’को ईरानी अनुसन्धाता हुन्। प्रस्तुत लेख अलजजिराबाट सूत्रन्यूजकर्मी अमि प्रिन्सले भावानुवाद गरेका हुन्।