अफगानिस्तान झडपमा २३ सैनिक तथा ३१ तालिवान लडाकूको मृत्यु-Sutra News

अफगानिस्तान झडपमा २३ सैनिक तथा ३१ तालिवान लडाकूको मृत्यु

शुक्रबार, २ असोज २०७७

शुक्रबार, २ असोज २०७७

काबुल– अफगानिस्तानको पूर्वी नान्गाहर र पश्चिमी बाग्गिस प्रान्तमा बुधबार रातको समयमा दुई स्थानमा भएका झडपमा कम्तीमा २३ अफगानी सैनिक र ३१ लडाकूको मृत्यु भएको छ। घटनामा दर्जनौँ लडाकुहरू घाइते भएका छन्।



अफगानिस्तानमा शान्ति स्थापनाका लागि सरकारी तथा तालिवान प्रतिनिधिहरूबीच वार्ता भइरहेका समय भएको यो ठूलो भिडन्त हो। प्रान्तीय सरकारका प्रवक्ता अत्ताउल्लाह खोगियानीले सिन्ह्वालाई दिएको जानकारी अनुसार नान्गाहर प्रान्तमा २० सैनिक र २९ तालिवान लडाकूको मृत्यु भएको छ। उक्त घटनामा कम्तीमा १५ सैनिक र २० लडाकू घाइते भएका छन्।

पश्चिमी बग्गिस प्रान्तमा कादिसको जिल्ला प्रशासन कार्यालयमा हमला गर्ने आक्रमणकारीहरूविरूद्ध सुरक्षा बलले जवाफी कारबाही गरेको अर्को एक घटनामा तीन सैनिक र दुई विद्रोहीको मृत्यु भएको थियो। घटनामा छसैनिक र पाँच लडाकू घाइते भएका छन्।

जिल्ला प्रमुख हैदर शरीफीले भने ‘प्रशासन कार्यालयलाई लडाकू समूहले कब्जा गर्न खोजेपछि सुरक्षा कार्यालयमा तैनाद सैनिक तथा प्रहरीले जवाफी कारबाही चलाएका थिए।’

भिडन्तका क्रममा जिल्ला कार्यालय भवनका केही भाग र एउटा सशस्त्र सेनाको गाडीमा विद्रोहीले आगो लगाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट