google.com, pub-1724230173714267, RESELLER, f08c47fec0942fa0 google.com, pub-1724230173714267, RESELLER, f08c47fec0942fa0
कोभिड १९’ बाट विश्वमा नौ लाख ४५ हजार भन्दा बढीको मृत्यु, ६१ हजार २८२ को अवस्था गम्भीर-Sutra News

कोभिड १९’ बाट विश्वमा नौ लाख ४५ हजार भन्दा बढीको मृत्यु, ६१ हजार २८२ को अवस्था गम्भीर

शुक्रबार, २ असोज २०७७

शुक्रबार, २ असोज २०७७

जेनेभा- विश्वभरी कोरोना भाइरस संक्रमणबाट नौ लाख ४५ हजार ८६८ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जानकारी दिएको छ। सो संगठनका अनुसार विश्वमा तीन करोड ७७ हजार ९०६ जना कोरोना भाइरस संक्रमित भएका छन्।



यद्यपि विश्वमा कोरोना भाइरस संक्रमित दुई करोड १८ लाख २९ हजार २९ व्यक्ति कोरोना मुक्त भएका छन्। हाल विश्वमा ७३ लाख ३ हजार ९ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ। संक्रमितमध्ये ६१ हजार २८२ जनाको अवस्था गम्भीर रहेको जनाएको छ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ।

कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित संक्रमित यी रहेका छन्।

अमेरिकामा ६८ लाख २९ हजार ६६४ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन्। यहाँ ४१ लाख २० हजार १३३ जना कोरोना भाइरस मुक्त भएका छन् भने २ लाख १ हजार ४०३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ।

भारतमा ५१ लाख २२ हजार ८४६ जना कोरोना भाइरस संक्रमित रहेका छन्। यहाँ ४० लाख २५ हजार ७९ कोरोना भाइरस मुक्त भएका छन् भने ८३ हजार २५७ जनाको मृत्यु भएको छ।

ब्राजिलमा ४४ लाख २१ हजार ६८६ जना कोरोना भाइरस संक्रमित रहेका छन्। यहाँ ३७ लाख २० हजार ३१२ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ३४ हजार १७४ जनाको मृत्यु भएको छ।

रुस १० लाख ८५ हजार २८१ जना कोरोना भाइरस संक्रमित रहेका छन। यहाँ ८ लाख ९५ हजार ८६८ कोरोना भाइरस मुक्त भएका छन् भने १९ हजार ६१ जनाको मृत्यु भएको छ।

पेरुमा ७ लाख ४४ हजार ४०० जनामा कोरोना भाइरस संक्रमण रहेको छ। यहाँ ५ लाख ८७ हजार ७१७ जना कोरोना भाइरस मुक्त भएका छन् भने ३१ हजार ५१ जनाको मृत्यु भएको छ।

कोलम्बिया ७ लाख ३६ हजार ३७७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ। यहाँ ६ लाख १० हजार ७८ कोरोना भाइरस मुक्त भएका छन् भने २३ हजार ४७८ जनाको मृत्यु भएको छ।

मेक्सिकोमा ६ लाख ८० हजार ९३१ जनामा कोरोना भाइरस संक्रमित रहेको छ। यहाँ ४ लाख ८५ हजार २४ कोरोना भाइरस मुक्त भएका छन् भने ७१ हजार ९७८ जनाको मृत्यु भएको छ।

दक्षिण अफ्रिकामा ६ लाख ५३ हजार ४४४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ। यहाँ ५ लाख ८४ हजार १९५ कोरोना भाइरस मुक्त भएका छन् भने १५ हजार ७०५ जनाको मृत्यु भएको छ।

स्पेनमा ६ लाख १४ हजार ३६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३० हजार २४३ जनाको मृत्यु भएको छ।

अर्जेन्टिना ५ लाख ८९ हजार १२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ। यहाँ ४ लाख ४८ हजार२६३ कोरोना भाइरस मुक्त भएका छन् भने १२ हजार ११६ जनाको मृत्यु भएको छ। एएफपी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट