काठमाडौं- सरकारले लामो दुरीका सवारी साधन सञ्चालन खुला गरेको बिहीबार पहिलो दिन काठमाडौं उपत्यकामा ४ हजार ७५ जना यात्रु भित्रिएका छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यात्रुबाहक सार्वजनिक सवारी साधनबाट पहिलो दिन पाँच हजार ३ सय ३३ जना यात्रु भने काठमाडौंबाट बाहिरिएका छन्।
करिब ८ महिनापछि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा आएका हो। कोरोना भाइरसका कारण गत चैत ६ गतेयता लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा आउन सकेका थिएनन्।