काठमाडौं- आज मेघ गर्जनसहित सामान्य वर्षा हुनेछ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य वर्षाको सम्भावना छ।
हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ। अहिले देशभर सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश नं ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको महाशाखले जानकारी दिएको छ। प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।