नेकपा सचिवालय बैठक स्थगित, ४ गतेलाई बोलाइयो-Sutra News

नेकपा सचिवालय बैठक स्थगित, ४ गतेलाई बोलाइयो

शुक्रबार, २ असोज २०७७

शुक्रबार, २ असोज २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक (४ असोज) आइतबारसम्मलाई सारिएको छ।



एक सचिवालय सदस्यले आजका लागि बोलाइएको सचिवालय बैठक आइतबार बस्ने गरी सारिएको जानकारी दिए। सचिवालय बैठकमा २६ भदौमा सकिएको स्थायी कमिटी बैठकले गरेका निर्णय अघि बढाउनेबारे छलफल गर्ने कार्यसुची  छ।

बुधबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलपछि शुक्रबार सचिवालय बैठक डाकिएको थियो। र,तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेपछि पहिलोपटक पेरिसडाँडामा बैठक बोलाइएको थियो।

यसअघि अधिकांश बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै र तत्कालीन एमाले पार्टी मुख्यालय धुम्बाराहीमा डाक्ने गरिएको थियो।

पछिल्लो स्थायी कमिटी बैठकले प्रचण्डलाई पार्टी संचालनको कार्यकारी अधिकार दिने निर्णय गरे लगत्तै तत्कालीन माओवादीको पार्टी मुख्यालय पेरिसडाँडामा नेकपा बैठक बोलाइनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट