काठमाडौं- कोभिड–१९ का कारण बैंक तथा वित्तीय क्षेत्रमा अधिक मात्रामा तरलता रहेको छ। सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन, निषेधाज्ञा गरेसँगै बैंकिङ क्षेत्रमा तरलता बढ्न थालेको राष्ट्र बैंकले जानकारी दिएको छ।
जसको कारण नेपाल राष्ट्र बैंकले नै बैंकहरूलाई ब्याजदर घटाउन अनुरोध गरेको थियो। आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा राष्ट्र बैंकले बैंकहरूलाई कर्जाको ब्याजदर एकल अंकमा झार्न भनेको थियो।
यता बैंकहरूले पनि अधिक तरलताको कारण बैंकको कर्जा तथा मुद्दती निक्षेपको ब्याजदर घटाएर एकल अंकमा झारेका थिए। अहिले पनि बैंक तथा वित्तीय क्षेत्रको अवस्था जस्ताको त्यस्तै छ।
बैंकहरूले फेरि नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन्। बैंकहरूले बुधबार (असोज १) गतेबाट सुरु हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्।
राष्ट्र बैंकले पनि केही दिन अगाडी बैंक तथा वित्तीय संस्थालाई प्रत्येक महिना सुरु हुने अघिल्लो दिन (हरेक महिनाको अन्तिम दिन) अर्को महिनाको ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ। सोही अनुसार भदौ अन्तिम दिन नै केही बैंक तथा वित्तीय संस्थाले असोज १ गतेबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।
बैंकहरूको नयाँ ब्याजदर
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले असोज १ गतेदेखि लागू हुने गरेर नयाँ ब्याजदर सार्वजनिक गरेको। जस अनुसार मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत देखि ७.२५ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ५ प्रतिशत देखि ६.५० प्रतिशतसम्म ब्याजदर हुनेछ। त्यसैगरी, बैंकले बचत खातातर्फ न्यूनतम ३ प्रतिशत देखि ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ। यस बैंकले असार महिनाको आधार दर ५.८ प्रतिशत अनुसार कर्जाको ब्याजदर निर्धारण गरेको हो।
कर्जातर्फ घर कर्जामा न्यूनतम ७.३ प्रतिशतदेखि अधिकतम ८.८ प्रतिशतसम्म ब्याजदर तोकेको छ। घर कर्जामा ५ वर्षसम्मका लागि ७.३ प्रतिशतदेखि ७.८० प्रतिशत सम्म र १० वर्षका लागि ७.८० प्रतिशत देखि ८.३ प्रतिशतसम्म तथा १५ वर्ष अवधिको ८.३ प्रतिशत देखि ८.८ प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ। गाडी कर्जामा आधार दरमा बढीमा ३.२५ प्रतिशतसम्म, विद्युतीय सवारी साधन कर्जामा १.५० प्रतिशतसम्म प्रिमियम थप हुने व्यवस्था गरेको छ।
कृषि विकास बैंक
यता कृषि विकास बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दती नक्षेपमा व्यक्तिगत तर्फ ७.२५ प्रतिशत र संस्थागत तर्फ ६.५० प्रतिशत ब्याज रहेको बैंकले जानकारी दिएको छ।
बचत ०.६० देखि ५ प्रतिशतसम्म ब्याजदर रहेको बैंकले जनाएको छ। हाल बैंकले १३ प्रकारका बचत खाताहरू सञ्चाल गरिरहेको छ। बैंकको साउन मसान्तसम्मको आधारदर ८.९५ प्रतिशत रहेको छ। बैंकबाट कर्जा लिँदा १३.८५ प्रतिशत ब्याज रहेको छ। बैकबाट एग्रो प्रडक्ट लोन, लाइभ स्टक लोन, फिसिङ फार्मिङ लोन, युवा स्वरोजगार कर्जा र कोल्डस्टोर लोन लिँदा १०.९५ प्रतिशत ब्याज लाग्ने बैंकले जानकारी दिएको छ।
यता होम स्टे सर्भिस लोन, हाउस होल्ड, पर्यटन, हायर पर्चेज, शैक्षिक धितोकर्जा, अटो लोन र मोटरेज लोन लिँदा १३.८५ प्रतिशतसम्ममा ब्याज पाइने छ।
नविल बैंक
नविल बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.५० प्रतिशतदेखि न्यूनतम ५ प्रतिशत ब्याजदर रहेको छ। संस्थागत मुद्दती निक्षेपमा अधिकतम ६.६० प्रतिशत र न्यूनतम ६.५० प्रतिशत ब्याजदर निर्धारण भएको छ। यता, बैंकले बचततर्फ न्यूनतम २.५० प्रतिशतदेखि अधिकतम ४.५० प्रतिशतसम्म ब्याज दिनेछ।
बैंकको साउन मसान्तसम्मको आधार दर ७.१९ प्रतिशत रहेको छ। यसमा केही प्रतिशत प्रिमियम थप गरेर ऋण उपलब्ध गराउने छ। जसअनुसार सेयर कर्जामा ५ प्रतिशत, घर कर्जा, शैक्षिक कर्जामा ५ प्रतिशत प्रिमियम थप गरेर कर्जा दिने भएको छ।
एनएमबि बैंक
एनएमबि बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.२५ प्रतिशत र न्यूनतम ५.५० प्रतिशत ब्याज पाइन्छ। संस्थागत मुद्दती निक्षेपमा ७.१० प्रतिशत ब्याज पाइनेछ। यता, बैंकले बचततर्फ न्यूनतम ०.२५ प्रतिशत देखि अधिकतम ४.७५ प्रतिशतसम्म ब्याज दिने बताएको बैंकको एक रिर्पोटमा सार्वजनिक गरिएको छ।
बैंकको असार मसान्तसम्म आधारदर ८.९५ प्रतिशत छ। यसैलाई आधार मानेर ऋण दिनेछ। यसमा केही प्रतिशत प्रिमियम थप हुनेछ। जसअनुसार सेयर कर्जामा (२ प्रतिशत–५ प्रतिशत), घर कर्जामा (२प्रतिशत–५प्रतिशत), गाडी र शैक्षिक कर्जामा (३ प्रतिशत–५प्रतिशत) प्रिमियम थप गरेर कर्जा उपलब्ध हुने बैंकको भनाइ छ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागतमा ६.५० प्रतिशत ब्याज दिने भएको छ। यता, बचततर्फ न्यूनतम २.५० प्रतिशतत देखि ४.५० प्रतिशतसम्म ब्याज पाइनेछ। बैंकले हाल ३० वटा बचत खाता सञ्चालन गरिहेको छ। साउन मसान्तसम्मको आधार दर ७.४८ प्रतिशतरहेको छ।
एभरेष्टबाट कर्जा लिँदा अधिकतम १२.४८ प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ। घर कर्जा, गाडी कर्जा र सेयर कर्जा लिँदा १२.४८ प्रतिशतब्याज तिर्नुपर्ने छ। यस्तै शैक्षिक धितोकर्जा, एग्रो लोन लिँदा ११.४८ प्रतिशतसम्म ब्याज लाग्ने छ।
एनसीसी बैंक
एनसीसी बैंकले पनि असोज १ गतेबाट जारी हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागतरूपमा ६.५० प्रतिशत ब्याज दिने भएको छ। यस्तै १ वर्षभन्दा बढीको व्यक्तिगत मुद्दति निक्षेपमा ८.२५ प्रतिशत दिनेछ । यता, बचततर्फ न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत सम्म ब्याज दिनेछ।
यसले हाल १३ वटा बचत खाता सञ्चालन गरिहेको छ। असार मसान्तसम्मको आधार दर ९.०३ प्रतिशत रहेको छ। कर्जा लिँदा ११.०३ प्रतिशतदेखि १४.०३ प्रतिशत सम्म ब्याज तिर्नुपर्ने छ। गाडी कर्जा लिँदा १३.०३ प्रतिशत ब्याज लाग्नेछ भने शैक्षिक धितो कर्जा, सरल कर्जा, सेयर धितो कर्जा, घर कर्जा लिँदा अधिकतम १४.०३ प्रतिशत सम्म ब्याज तिर्नुपर्ने।
नेपाल इन्भेष्टमेन्ट बैंक
इन्भेष्टमेन्ट बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ८.२५ प्रतिशतसम्म ब्याज पाइन्छ। संस्थागत मुद्दती निक्षेपमा ६.५० प्रतिशतदेखि ७.१० प्रतिशत ब्याजदर निर्धारण भएको छ।
बैंकको साउन मसान्तसम्मको आधार दर ७.४९ प्रतिशत रहेको छ। यो ब्याजदर केही प्रतिशत प्रिमियम थप गरेर ऋण उपलब्ध हुनेछ। जसअनुसार सेयर कर्जामा (२प्रतिशत –५ प्रतिशत), घर कर्जामा (१.५०प्रतिशत–५प्रतिशत), शैक्षिक कर्जामा (२प्रतिशत–५ प्रतिशत) प्रिमियम थप गरेर कर्जा दिनेछ।
नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.२५ प्रतिशत र न्यूनतम ६.५० प्रतिशत ब्याज पाइन्छ। संस्थागत मुद्दती निक्षेपमा ६ प्रतिशत देखि ६.५० प्रतिशतसम्म ब्याज पाइनेछ।
यता, बैंकले बचततर्फ न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ। यस बैंकको असार मसान्तसम्म आधारदर ९.२५ प्रतिशतछ। यसैलाई आधार मानेर ऋण दिनेछ। यो ब्याजदरमा केही प्रतिशत प्रिमियम थप हुनेछ। जसअनुसार सेयर कर्जा, घर कर्जा, गाडी र शैक्षिक कर्जामा ५ प्रतिशत प्रिमियम थप गरेर कर्जा उपलब्ध हुने बैंकको भनाइ छ।
हिमालयन बैंक
हिमालयन बैंकले निक्षेपतर्फको मात्रै नयाँ ब्याजदर सार्वजनिक गरेको । यस बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ४ प्रतिशतदेखि ७ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशतदेखि ५.५० प्रतिशत ब्याज पाइने बताएको छ। यस्तै, बचततर्फ न्यूनतम ०.२५ प्रतिशत देखि ४ प्रतिशतसम्म ब्याज पाइने बैंकको रिर्पोटमा सार्वजनिक गरिएको छ।
सिभिल बैंक
सिभिल बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.७५ प्रतिशत र न्यूनतम ७.७५ प्रतिशत ब्याज पाइन्छ। संस्थागत मुद्दतीमा ५ प्रतिशत देखि ६.६० प्रतिशत ब्याजदर निर्धारण भएको छ।
बचतमा न्यूनतम ४ प्रतिशत देखि अधिकतम ६ प्रतिशत सम्म ब्याजदर दिनेछ। बैंकको साउन मसान्तसम्मको आधार दर ९.५१ प्रतिशत रहेको छ। यसमा केही प्रतिशत प्रिमियम थप हुनेछ। जसअनुसार सेयर कर्जा, घर कर्जा, गाडी कर्जा, शैक्षिक कर्जामा ५ प्रतिशत प्रिमियम थप गरेर कर्जा दिनेछ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले पनि नयाँब्याजदर सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८ प्रतिशत र न्यूनतम ७.२५ प्रतिशत ब्याज पाइन्छ। संस्थागत मुद्दतिमा ६.५ प्रतिशत ब्याजदर निर्धारण भएको छ।
बचतमा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याज दिनेछ। बैंकको असार मसान्तसम्मको आधार दर ९.०३ प्रतिशत रहेको छ। यसमा केही प्रतिशत प्रिमियम थप हुनेछ। जसअनुसार सेयर कर्जा, घर कर्जा, गाडी कर्जा, शैक्षिक कर्जामा ५ प्रतिशत प्रिमियम थप गरेर कर्जा दिनेछ।
मेगा बैंक
मेगा बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.२५ प्रतिशत देखि न्यूनतम ६ प्रतिशतसम्म ब्याज दिनेछ। संस्थागत मुद्दति निक्षेपमा ६ प्रतिशत देखि ७.१० प्रतिशत ब्याजदर निर्धारण भएको छ। यता, बचततर्फ न्यूनतम ३ प्रतिशत देखि अधिकतम ५ प्रतिशतसम्म ब्याज दिनेछ। बैंकको साउन मसान्तसम्मको आधार दर ८.३० प्रतिशत रहेको छ। बैंकले यसमा केहीप्रतिशत प्रिमियम थप गरेर ऋण उपलब्ध गराउने छ। जसअनुसार सेयर कर्जामा ४.५प्रतिशत, घर कर्जा, गाडी कर्जा, शैक्षिक कर्जामा ५ प्रतिशत प्रिमियम थप गरेर कर्जा दिनेछ।
माछापुच्छ्रे बैंक
यता माछापुच्छे बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ। नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.२५ प्रतिशत र न्यूनतम ७.२५ प्रतिशत ब्याज पाइन्छ। संस्थागत मुद्दतीमा ६.५ प्रतिशत देखि ७ प्रतिशतसम्म ब्याजदर निर्धारण भएको छ। बचतमा न्यूनतम ३ प्रतिशत देखि अधिकतम ५ प्रतिशत सम्म ब्याज दिनेछ। असार मसान्तसम्मको आधार दर ९.२१ प्रतिशत रहेको छ। बैंकले यसमा केही प्रतिशत प्रिमियम थप हुने बताएको छ। जसअनुसार सेयर कर्जा, घर कर्जा, गाडी कर्जा, शैक्षिक कर्जामा ५ प्रतिशत प्रिमियम थप गरेर कर्जा दिनेछ।
सनराइज बैंक
सनराइज बैंकले मद्दति निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशतदेखि ७.७५ प्रतिशत सम्म ब्याजदर तोकेको छ भने संस्थागततर्फ ६.५० प्रतिशतदेखि ७.३५ प्रतिशतसम्म ब्याजदर छ। त्यसैगरी, बचततर्फ न्यूनतम १ प्रतिशतदेखि अधिकतम ४.५० प्रतिशतसम्म ब्याजदर तोकिएको छ। बैंकले २१ वटा विभिन्न बचत खाता सञ्चालनमा ल्याएको बताएको छ।
यसको असार मसान्तसम्मको आधार दर ८.९५ प्रतिशत छ। बैंकले अधिकांश कर्जामा न्यूनतम १०.९५ प्रतिशतदेखि अधिकतम १३.९५ प्रतिशतसम्म ब्याजदर तोकेको छ। घर कर्जा, सेयर कर्जा, गाडी कर्जामा आधार दरमा थप ५ प्रतिशत प्रिमियम थप गर्न पाउने व्यवस्था गरेको छ।