सिठ्ठी बजाउँदै आइपुग्यो नेपाली रेल, स्वागतका लागि जनकपुरमा उर्लियो मानव सागर [भिडियो]-Sutra News

सिठ्ठी बजाउँदै आइपुग्यो नेपाली रेल, स्वागतका लागि जनकपुरमा उर्लियो मानव सागर [भिडियो]

शुक्रबार, २ असोज २०७७

शुक्रबार, २ असोज २०७७

काठमाडौं- भारतको जयनगरदेखि नेपालको जनकपुरसम्म सञ्चालन हुने रेलको स्वागमा जनकपुरमा मानव सागर उर्लिएको छ। जनकपुर रेल स्टेशन र रेलमार्गको छेउछाउमा हजारौँ मानिसहरु उभिएर रेलको स्वागत गरेका छन्।



करिब तीन हप्ता यता पटना नजिकैको हाजिपुर रेल स्टेशनमा राखिएको नेपालको रेल बिहीबार साँझ विहारको जयनगर आइपुगेको थियो। सो रेल शुक्रबार विहान प्रस्थान गरी दिउसो गन्तव्यस्थल जनकपुर आइपुगेको हो।

नेपालका लागि निर्माण गरेको रेलको रंग र फिनिसिङ अन्य रेलको भन्दा राम्रो भएकाले जयनगरमा पनि हेर्ने मानिसहरुको भीड लागेको थियो। जनकपुर र वरिपरिका स्थानीयवासीहरु चाहिँ आफ्नै देशको रेल भएकाले स्वागतका लागि आइपुगेका हुन्।

जनकपुर रेल स्टेशनमा आइपुग्दा रेलले ठूलो स्वरमा सिठ्ठी बजाएर आफू जनकपुर आइपुगेको जनाउ दिएको थियो। त्यसको स्वागतमा स्थानीयवासीहरुले सिठ्ठी बनाउँदै र ‘हुर्रे’ को शैलीमा नारावाजी गरेर स्वागत गरेका थिए।

रेल विभागका अधिकारीहरुले आवस्यक जनशक्ति छनोट भएपछि दशैँसम्ममा नयाँ रेल सञ्चालनमा आउने बताउँदै आएका छन्। यसअघि पनि जनकपुर-जयनगरमा रेल सञ्चालन हुने गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट