एकैदिन कोरोनाका २०२० संक्रमित थपिए, संक्रमित संख्या ६१ हजार नाघ्यो-Sutra News

एकैदिन कोरोनाका २०२० संक्रमित थपिए, संक्रमित संख्या ६१ हजार नाघ्यो

शुक्रबार, २ असोज २०७७

शुक्रबार, २ असोज २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार बढी संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार २०२० संक्रमित थपिएका हुन्। यो एकैदिन भेटिएकोमध्ये अहिलेसम्मकै उच्च संक्रमित हो।



योसँगै नेपालमा कूल संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ। देशभरि ११ हजार ४५८ जनाको पीसीआर परीक्षण गर्दा यी संक्रमित देखिएका हुन्।

मन्त्रालयका अनुसार थप ८७१ जना कोरोनामुक्त भए। हालसम्म ४३ हजार ८८० जना कोरोनामुक्त भएका छन्।

शुक्रबार थप ७ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ३ सय ९० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट