काठमाडौं- केन्द्रीय बैंकले सूचना जारी गर्दै दक्षता-विज्ञताको निकासी बिक्रीबापत प्राप्त हुने रकम, सामाजिक सञ्जालमा सामग्रीहरु राखिएबापत प्राप्त हुने रकमलाई मान्यता दिएको हो। खुद्रास्तरको अन्तर्राष्ट्रिय व्यावसायिक-व्यापारिक कारोबारबापत प्राप्त हुने रकमलगायतका रकमहरुलाई समेत मान्यता दिइएको केन्द्रीय बैंकको भनाई छ।
स्वदेशी बैंकको खातामा विदेशी मुद्रा प्राप्त भएपछि भुक्तानी सेवा प्रदायक ‘बैंक तथा वित्तीय संस्था समेत’ले सञ्चालन गरेको ग्राहकको वालेटलगायत भुक्तानीका उपकरणमा तोकिएको सीमासम्मको रकम स्वदेशी मुद्रामा रकमान्तर गर्न सकिनेछ। तोकिए बमोजिमको शुल्क, रोयल्टीलगायतको भुक्तानी विदेशमा पठाउनुपर्ने भएमा केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी निर्देशनको पालना गर्नुपर्ने उल्लेख छ।
यसका लागि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी ऐन एवं प्रचलित अन्य ऐन, कानुन तथा निर्देशनको अनिवार्य पालना गर्नुपर्नेछ। यसमार्फत् सम्पन्न कारोबारहरुको मासिक विवरण तोकिएको ढाँचामा महिना समाप्त भएको मितिले १५ दिनभित्र केन्द्रीय बैंकमा बुझाउन पर्नेछ।