जनता समाजवादी पार्टीले संविधान दिवसमा भाग नलिने, विरोधका कार्यक्रम गर्ने-Sutra News

जनता समाजवादी पार्टीले संविधान दिवसमा भाग नलिने, विरोधका कार्यक्रम गर्ने

शुक्रबार, २ असोज २०७७

शुक्रबार, २ असोज २०७७

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) ले सरकारले आयोजना गरेको संविधान दिवससम्बन्धी कार्यक्रममा भाग नलिने र संविधानमा रहेका भनिएका त्रुटि सच्याउन विरोध प्रदर्शन गर्ने भएको छ।



शुक्रबार जसपाले विज्ञप्ति निकाल्दै संविधान ‘अपूर्ण एवं त्रुटिपूर्ण’ रहेको र यसलाई नसच्याउँदासम्म विरोध गरिरहने उल्लेख गरेको छ।

‘संविधानले राष्ट्रिय मुद्दा समेट्न सकेको छैन,’ जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरण लगायतका प्रावधानहरू पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा विभेदकारी प्रावधान राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवस भाग नलिने, विरोध गर्ने।’

संविधान संशोधनको माग राख्दै संविधान दिवसको विरोधमा शान्तिपूर्ण कार्यक्रम गर्ने जसपाको भनाइ छ।

jasapa.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट