सोमबारदेखि हवाई उडान, यात्रुका लागि नयाँ नियम-Sutra News

सोमबारदेखि हवाई उडान, यात्रुका लागि नयाँ नियम

शनिबार, ३ असोज २०७७

शनिबार, ३ असोज २०७७

काठमाडौं– आन्तरिक हवाई यात्रामा यात्रुका लागि नयाँ नियम तय गरिएको छ। सोमबारदेखि नेपाली आन्तरिक हवाई यात्रा सुरु हुँदैछ।



नयाँ नियम अनुसार हवाईयात्रुले बोर्डिंग पास लिनु अगाडि हेल्थ डिक्लेरेसन फर्म भर्नुपर्ने छ। यसरी भरेको फर्म आफूले यात्रा गर्ने एयरालइन्सलाई बुझाउनुपर्ने नियम छ। 

विमानस्थलमा अनावश्यक भीड बढ्न नदिन मौसम, प्राविधिक वा अन्य कुनै कारणले हुने उडान डिले तथा डाइभर्टका विषयमा एयरलाइन्सहरूले यात्रुलाई एसएमएसको माध्यमबाट सूचना उपलब्ध गराउनुपर्नेछ।

सबै यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने छ। अक्टुबर १ देखि भने प्राधिकरणले उडान तालिका हेरफेर गर्नसक्ने छ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट