गण्डकीमा थपिए १५ जना संक्रमित-Sutra News

गण्डकीमा थपिए १५ जना संक्रमित

शनिबार, ३ असोज २०७७

शनिबार, ३ असोज २०७७

गण्डकी– गण्डकी प्रदेशमा १५ जना कोरोना संक्रमित थपिएका छन्।



प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ३५१ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए। प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ३२ जनाको मृत्यु भएको छ।

थपिनेमा नवलपरासी (बर्दाघाट सुस्तापूर्व) का ११, पर्वतका दुई तथा स्याङ्जा र लमजुङका एकएक जना छन्।

पछिल्लो २४ घण्टामा ९२६ जनाको पिसिआर परीक्षण गरिएकामा ५६ जनाको कोरोना पुष्टि भएको तथा ७८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ। सो अवधिमा एकको मृत्यु, चार जना निको भएको तथा ८५ जनामा पुनः पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट