चितवन– चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक महिलाको कोरोना संक्रमणका कारण आज बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहट चन्द्रपुर नगरपालिका–९ की ५१ वर्षीया महिला रहेकी छन्।
कलेजका निर्देशक डा.दयाराम लम्सालका अनुसार स्वासप्रस्वासमा समस्या आई भदौ २८ गते भर्ना भएकी उनमा २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ६ः१५ बजे मृत्यु भएको हो।