सर्पको डसाइबाट एकको मृत्यु, दुईको अवस्था गम्भीर-Sutra News

सर्पको डसाइबाट एकको मृत्यु, दुईको अवस्था गम्भीर

शनिबार, ३ असोज २०७७

शनिबार, ३ असोज २०७७

चितवन– सर्पले डसेर एक जनाको मृत्यु भएको छ भने दुई जना उपचारका क्रममा रहेका छन्। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१९ का २ वर्षीय रायन रामदाम रहेका छन्।



जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनलाई घरमा सुतिरहेको अवस्थामा विषालु सर्पले डसेको थियो। सर्पको डसाईपछि उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।

यस्तै सर्पको डसाईका कारण उनका हजुरआमा ५६ वर्षीया केशरी विक र आमा २३ वर्षीया रुवी सुनारको अवस्था गम्भीर रहेको छ।

उनीहरु मध्ये विकको चितवन मेडिकल कलेज र सुनारको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट