काठमाडौं– युवा समाजसेवी रमेश सिलवाल समाजसेवा रत्न पदकबाट सम्मानित हुने भएका छन्।
सरकारले मन्त्रिपरिषद्को सिफारिसमा ५९४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदबाट सम्मान गर्दै छ। सो क्रममा सिलवाललाई पनि सम्मानित गर्न लागिएको हो।
सिलवाल २०६७ सालमा १७ वर्षको उमेरमै ‘चिल्ड्रेन भिजन नेपाल’ नामक सामाजिक संस्था स्थापना गरेर सामाजिक काममा संलग्न रहँदै आएका छन्।
किशोर अवस्थाबाट नै समाजसेवा सुरु गरेका सिलवाल सबैभन्दा कम उमेरमा ‘समाजसेवा रत्न’ पदकबाट सम्मान हुने कीर्तिमानसमेत बनाएका छन्।